क्वालालम्पुर := मलेसियामा भैइरहेको लगातारको वर्षाले अवरुद्ध भएको नेपाल र बंगलादेशबीचको यु–१९ महिला एसिया कपको खेल अन्ततः ढिलो गरी सुरु भएको छ । वर्षा रोकिएपछि खेल स्थानीय समयअनुसार ३ बजेर ४० मिनेट (नेपाली समय १ बजेर २५ मिनेट) मा सुरु भएको हो ।
आजको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल ११ ओभरमा छोट्याइएको छ ।नेपालका लागि यो खेल जित्नैपर्ने दबाब छ । समूह चरणको समेत अंक गणना हुँदा नेपाल नेट रनरेटमा पछि परेको छ ।यो खेल जितेमा नेपाल फाइनलमा पुग्नेछ । फाइनल आइतबार हुनेछ ।




















