महाशिवरात्रिमा सिनेमाघरमा तीन वटा नेपाली चलचित्र भिड्ने।

काठमाडौं:= चलचित्र ‘फेरि रेशम फिलिली’ यस वर्षको महाशिवरात्रिमा सिनेमाघरमा आउने भएको छ । शिवरात्रिमा अन्य दुई चलचित्रले यसअघि नै प्रदर्शन मिति घोषणा गरेका छन् । यो मितिमा ‘लाज शरणम’, र ‘मायावी’ सिनेमाघरमा आउने यसअघि नै तय गरेका हुन्। हरेक वर्षको महाशिवरात्रिमा नेपाली फिल्महरूबीच महाभिडन्त हुँदै आइरहेको छ ।

अघिल्लो वर्ष यो पर्वलाई लक्षित गर्दै ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’बीच त्रिपक्षीय भिडन्त भएको थियो । यसपालि पनि ‘हेभिवेट’ भिडन्त हुने भएको छ । यही मितिमा ‘होस्टेल ३’ले पनि सिनेमाघरमा आउने घोषणा गरेको थियो तर निर्माणपक्षले मिति सारेको छ । यो मितिमा चलचित्र सिनेमाघरमा नआउने निर्देशक सशान कँडेलले जानकारी दिनुभयो ।

महाशिवरात्रिमा नेपाली चलचित्रबीच महाभिडन्त हुँदै आइरहेको छ । यो वर्ष पनि तीन नेपाली चलचित्रको ‘हेभिवेट’ भिडन्त हुने भएको छ । ‘मायावी’, ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ गरी तीन चलचित्रले महाशिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरेका छन् । अघिल्लो वर्ष यो पर्वलाई लक्षित गर्दै ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’बीच त्रिपक्षीय भिडन्त भएको थियो ।

‘यो मितिमा तीनवटा फिल्म छन् । हामीले यति मिहिनेत गरेर फिल्म बनाएका छौं । यसैले, कुनै पनि फिल्मसँग नजुध्ने सोच बनाएरपछि सरेका हौं । अब, नयाँ प्रदर्शन मिति केही दिनमै तोक्ने तयारी छ,’ उहाँले भन्नुभयो । हाल यो चलचित्रको गीतको छायांकन भइरहेको छ ।

मंसिर र पुसमा निकै कम चलचित्र सिनेमाघरमा आए पनि फागुनमा भने फिल्मको रिलिजको संख्या उच्च देखिएको छ । फागुनको २ गते ‘दुःखी आत्मा र ताण्डवम्’ सिनेमाघरमा आउँदै छन् भने फागुनको २९ गते ‘अञ्जिला’ रिलिज हुँदैछन् ।

चलचित्र ‘फेरि रेशम फिलिली’को पोष्टर सार्वजनिक गर्दै महाशिवरात्रिको अवसरमा फागुन १४ गतेदेखि सिनेमाघरमा आउने घोषणा गरेको हो । चलचित्रको सार्वजनिक पोष्टरमा कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई उहाँहरूको पात्र लुक्समा देख्न सकिन्छ । नौ वर्षअघिको हिट चलचित्र ‘रेशम फिलिली’को यो दोस्रो शृंखला हो ।

दर्शकले श्रेष्ठलाई पहिलेकै भूमिकामा देख्न पाउनेछन् । सिनेमा आर्टको प्रस्तुति र भी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यो चलचित्रमा निरोज महर्जनको लेखन, निर्देशन र रौनकविक्रम कँडेलको निर्माण छ । चलचित्रको सहनिर्मातामा एनी थापा हुनुहुन्छ भने कार्यकारी निर्माता सुरज बम ठकुरी रहनुभएको छ ।

चलचित्रमा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वांगदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको पनि अभिनय छ । सुसन प्रजापतिले छायांकन गरेको चलचित्रमा निरोज महर्जन र आकाश बरालको पटकथा, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।

नायक पल शाह र नायिका दीपिका प्रसाईं केन्द्रीय भूमिकामा हुनुहुन्छ चलचित्र ‘मायावी’मा । दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने हुनुहुन्छ । चलचित्रमा प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठलगायतको अभिनय छ ।

यस्तै, टेलिसिरियल ‘सक्किागोनि’को टिमले निर्माण गरेको चलचित्र हो ‘लाज शरणम्’ । ‘लाज शरणम्’लाई कुमार कट्टेल ‘जिग्री’ले निर्देशन गर्नुभएको हो । यसमा सागर लम्साल ‘बले’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, कमलमणि नेपाल, मुकुन्द श्रेष्ठलगायतको अभिनय छ ।