महिला युरोपियन च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि, अब विजेताले कति पाउने ?

एजेन्सी:= महिला युरोपियन च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि हुने भएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि ४ करोड १० लाख युरो छ । युइएफएको कार्यकारी समितिले सोमबार निर्णय गर्दै प्रत्येक संघलाई प्रतियोगितामा सहभागिताका लागि न्यूनतम १८ लाख युरो दिने भएको छ ।

साथै यो रकमको कम्तीमा ३० प्रतिशत हिस्सा खेलाडीलाई बाँड्नुपर्ने छ । प्रतियोगिताको विजेताले कुल ५१ लाखसम्म पाउन सक्छ । यस प्रतियोगितामा खेल्ने क्लबका खेलाडीहरूका लागि ६० लाख वितरण गरिनेछ।

प्रतिखेलाडीका लागि दैनिक भत्ता ६५७ युरो हुने छ । यो रकम पछिल्लो संस्करणको भन्दा ३३ प्रतिशतले वृद्धि भएको हो । महिला युरोपियन च्याम्पियनसिप आगामी वर्ष स्विट्जरल्याण्डमा हुने छ । प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने छन् ।