एनपीएलमा उत्कृष्ट हुने टीमहरूले पाउने नगद पुरस्कारको औपचारिक घोषणा, कति – कति पाउछ् त ?

काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान) ले हाल जारी नेपाल प्रिमियर लिग “एनपीएल” मा उत्कृष्ट हुने टीमहरूले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरेको छ।

आज क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको  विज्ञप्तिअनुसार विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ।  यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ। तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन्।

यसअघि नै प्लेअफमा चार टिम पुगिसकेका छन्। जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन्। भोलि र पर्सी प्लेअफका खेल हुनेछन् भने शनिबार फाइनल खेल हुनेछ। लिग गत मंसिर १५ गतेदेखि कीर्तिपुर क्रिकेट मैदानमा जारी छ। खेल पुस ६ गते सकिँदैछ