काठमाडौं := सगुन ज्वेलर्सको प्रस्तुति रहेको ‘मिस भोग नेपाल सीजन-२’ को अडिसन आरम्भ भएको छ । यो सौन्दर्य प्रतियोगिताको आज (शनिबार) काठमाडौंको दरबारमार्गस्थित पेन्टहाउसमा अडिसन गरिँदै छ । अडिसनमा सहभागिता जनाएर प्रतिस्पर्धामा छनोट हुनका लागि प्रयास गर्न आयोजक संस्थाले महिलाहरूलाई आग्रह गरेको छ ।
प्रतियोगितामा सहभागिता जनाउन १८ वर्ष उमर पूरा हुनु पर्नेछ । प्रतियोगितामा विवाहित विधवा, डिभोर्सड तथा एकल आमाहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ । अडिसनको निर्णायकमा गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा रिश्मा केसी रहनुभएको छ। मिसेस भोग नेपालको उपाधि जित्ने एकजना प्रतिभाशाली महिलाले नेपाललाई प्रतिनिधित्व गर्दै थाइल्याण्डमा आयोजना हुने मिसेस टुरिजम क्विन इन्टरनेसनलमा सहभागिताको अवसर पाउनेछिन् ।
यसबाहेक पाँच लाख रुपैयाँ बराबरको उपचार, मोडलिङ सम्झौता, विभिन्न ब्राण्डसँग आबद्ध हुने तथा अन्य अवसरहरू प्राप्त गर्नेछन् । हाउस अफ फेसनले अघिल्लो अघिल्लो वर्षदेखि मिसेस भोग नेपाल आयोजना गर्न थालेको हो । सन् २०२४ को संस्करणमार्फत प्रारम्भ भएको यो प्रतियोगिताले महिला सशक्तिकरण गर्ने मुख्य लक्ष्य लिएको छ भने विवाहपछि पनि महिलो करियर समाप्त हुँदैन भन्ने अवधारण समावेश गरेको छ ।
यस पटकको प्रतियागितामा गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा करिश्मा केसीले ब्राण्ड एड्भोकेटसको रूपमा सहभागिता जनाउने आयोजकले जनाएको छ । मिसेस भोग नेपाल २०२३ सीजन १ मा पूजा पाख्रिनले मुख्य उपाधि चुम्नुभएको थियो भने भिभा बस्नेतले कमर्सियल एम्बासडर, आकृति श्रेष्ठले फस्ट रनर्सअप तथा मनिला लामिछानेले सेकेण्ड रनर्स अपको उपाधि जित्नुभएको थियो ।




















