एनपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने।

काठमाडौं := नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा टस जितेको विराटनगरले ब्याटिङ रोजेको छ। अघिल्ला खेलहरूमा टस जित्ने कप्तानले बलिङ रोज्ने  गरे पनि विराटनगरका कप्तान सन्दीपले ब्याटिङ रोजेका हुन्।

आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान चार–चार खेल खेलेका छन् जसमा दुवैले एकमा जित र एकमा हार बेहोरेका छन् ।

विराटनगर जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँग पराजित भएको थियो भने लुम्बिनी लायन्समाथि जित निकालेको थियो ।

यस्तै, पोखराले चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग हार बेहोरेको थियो भने लुम्बिनी लायन्सलाई हराएको थियो ।