मलेसियाद्वारा मेडिकल चेकिङमा भएको सिन्डिकेट रद्द,सुचिकृत सबै मेडिकलले स्वास्थ्य परिक्षण गर्न पाउने।

क्वालालम्पुर (मलेसिया):= नेपालीहरुको लागि मलेसियाको रोजगारी पुनः खुला भएसङ्गै मलेसियाको मेडिकलमा भएको  सिन्डिकेट पनि मलेसिया सरकारले तोडन सफल भएको छ । मेडिकल सिन्डिकेट तोडिएसंगै अब नेपाल सरकारबाट सुचिकृत सबै स्वास्थ्य संस्थाले मलेसियामा जाने कामदारहरुको मेडिकल गर्न पाउने मलेसिया सरकार र नेपालस्थित मलेसियन दूतावासले बताए ।

मलेसियामा प्रवेश गर्न विदेशी कामदारहरूको लागि मेडिकल परीक्षण अनिवार्य रहेको छ । मलेसियाको उक्त कदमको नेपाल वैदेशिक रोजगार ब्यावसायी संघ र मेनपावर ब्याबसायीहरुले स्वागत गरेका छन । वैदेशिक रोजगारी ब्यावसायी संघका अध्यक्ष राजेन्द्र भन्डारीले मलेसियाको उक्त सिन्डिकेट तोड्ने कदम स्वागतयोग्य भएको बताए ।

भण्डारीले यसले अब उप्रान्त मलेसिया जान लाग्ने कामदारको लागत शुल्क पनि घट्ने बताए । उनले कुनै पनि सिन्डिकेट संघलाई मान्य नभएको पनि बताए ।
मलेसियाको मेडिकलमा सिन्डिकेट गर्दै आएको बेस्टिनेट एसडिएन बिएचडि र नेपाल स्वास्थ्य व्यवसायी महासंघबिचको एग्रीमेन्ट गत मे महिनामा सकिएपछी उक्त सम्झौता पुनः रिनियु नहुने भएको हो ।

यस विषयमा मलेसियन दूतावासले नेपालका मेडिकल व्यवासयी र मेनपावर ब्याबसायीहरुसङ्ग सहकार्यको लागि आग्रह समेत गरेको छ । यस बिषयमा थप जानकारीको लागि मलेसियास्थित नेपाली दूतावासले मलेसियास्थित कम्पनीको एचआर विभागसँग सम्पर्क गर्नसमेत मेडिकल व्यावसयी र मेनपावर व्यवसायलाई आग्रह गरेको छ ।

एक स्रोतले दिइएको जानकारी अनुसार मलेसियाको मेडिकलको नाममा भैरहेको सिन्डिकेट तोडिएपछि नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का एकैछिनमा मलेसिया पुगि पुन नेपाल फर्केर सिन्डिकेट लगाउन विभिन्न राजनितिक दलका नेताहरुको घर दैलो चहार्न थालेका छन ।

मलेसियाले सिन्डिकेट तोड्ने भनेपछि नेपाल पुगेका खड्काले नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं साधारणसभा सोमबार आयोजना गरेर शक्ति पदर्शन समेत गरेका छन ।

बिबादित संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं साधारणसभामा सोमबार श्रम तथा रोजगार मन्त्री सरद सिंह भन्डार , मुख्यसचिव एकनारायण अर्याल लगाएतलाई अतिथीको रुपमा बोलाएर खड्काले सिन्डिकेटलाई निरन्तरता दिन पहल समेत गरेका छन ।

बिबादित कार्यक्रममा अतिथिका रुपमा पुगेपछी श्रममन्त्री र मुख्यसचिव पनि अहिले बिबादमा परेका छन । तर मलेसिया सरकारले नै सिन्डिकेट तोड्ने निर्णय गरेकोले खड्काले नेपालमा जे गर्दा पनि सिन्डिकेट लागू गर्न नसक्ने मेनपावर ब्याबसायीहरु बताउछन ।

खड्का  मेडिकलमा पुन: सिन्डिकेट यथावत राख्न सबै ब्यवसायीसँग करोडौं पैसा उठाएर गत हप्ता मलेसिया आईपुगेका थिए। तर, मलेसिया सरकारले कुनै पनि सिन्डिकेट मलेसियन सरकारलाई मान्य नभएको बताएपछि मलेसियाको नाममा लादिएको सिन्डिकेट तोडिएको भन्ने प्रष्ट भएको छ ।