नेपालीको लागि मलेसिया रोजगारी पुनः सुचारु, प्लान्टेसनको काममा आउन पाउने।

क्वालालम्पुर (मलेसिया):= बिगत लामो समयदेखि अन्योलतामा रहेको मलेसिया रोजगारी नेपाली हरुको लागि पुन: खुल्ला भएको छ । मलेसियास्थित नेपाली दूतावासले शुक्रवार र सोमवार फेल्डा प्लान्टेसनलगाएत विभिन्न प्लान्टेसन र अन्य कम्पनीहरुको गरि जम्मा १७८० जनाको मागपत्र अनलाइन गरेपछि मलेसिया रोजगार खुला भएको हो ।

मलेसिया र नेपाल दुई देशबीच अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति पछि त्यस् पश्चात् मलेसिया खुल्ने र बन्द हुने क्रम जारी रहेको थियो। अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेश गर्न सक्ने दूतावासले जनाएको छ ।

मलेसियाको मागपत्र नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेबसाईटमा सो मागपत्र अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ ।

हाललाई सिमित छेत्रमा मात्रै कामदारको माग भएको मलेसियाको लागि नेपाली कार्यबाहक राजदुत मुदिता बज्राचार्यले बताईन । उनले दूतावासमा आएका मागपत्रहरु अनुगमन छानबिन गरेर अनलाइन प्रमाणीकरण गरिएको बताईन ।

कामदारलाई सुन्य लागतमा मलेसिया ल्याउने दुई देशको सहमति भएपनी सरकारी निकायको लापरबाही र मेनपावर ब्याबसायीहरुको एक-आपसमै भाले जुधाईले कामदारहरु लाखौ तिरेर मलेसिया आउन बाध्य भएका थिए ।

यसै बिचमा खुलेको मलेसिया रोजगारीले कामदारहरु पहिलाको भन्दा पनि बढी रकम तिरेर आउनुपर्ने बाताबरण सिर्जना भएको छ । अहिले मलेसियन दूतावासले फेल्डा प्लान्टेसनको विभिन्न मेनपावरहरुलाई १२००,अन्य प्लान्टेसन कम्पनीको ५८० गरि १७८० कामदारको मागपत्र अनलाइन गरेको छ ।