काठमाडौं := आज नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छ । आजको दोस्रो खेलमा चितवन राइनोज र सुदुरपश्चिम रोयलका बिचमा प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः १५ बजेबाट सुरू हुनेछ । आज हुने दोस्रो खेलमा चितवन राइनोजवाट कुशल मल्लले नेतृत्व गर्नेछन भने सुदुरपश्चिमवाट दीपेन्द्रसिंह ऐरीको नेतृत्व हुनेछ ।
सुदूरपश्चिमले सुरुवाती तीनवटै खेल जितेर शानदार सुरुवात गरेको छ।चितवनले भने तीनमध्ये दुई खेल चाहिँ जितेको छ । सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफ नजिक पुग्न चाहन्छ भने चितवन तेस्रो जितको खोजीमा हुनेछ ।एनपीएल गत शुक्रबारबाट सुरू भएको थियो ।




















