चलचित्र ‘कल्ली’मा नाजिर हुसेन र वर्षा राउत अनुबन्ध।

काठमाडौं := चलचित्र ‘कल्ली’मा नाजिर हुसेन र वर्षा राउतलाई अनुबन्ध गरिएको छ । किरण नेपाली निर्माता रहेको यो चलचित्रमा यसअघि सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल, बेनिशा हमाल, उत्तम प्रधान, माओत्से गुरुङ, रवीन्द्र झा, विनोद न्यौपाने र रेअर राईलगायत कलाकारहरूको सहभागिता निश्चित भइसकेको छ ।

रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुनलागेको यो चलचित्रमा लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहनेछ । महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रको छायांकन निसाल पौडेलले गर्नुहुनेछ भने संगीत एसडी योगी र कोरियोग्राफी रामजी लामिछानेको रहने निर्माण पक्षले जनाएको छ ।