काठमाडौं १६ मा कांग्रेसलाई हराउँदै रास्वपाका रोजिना श्रेष्ठ विजयी।

काठमाडौं := काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छन् । निर्वाचन आयोगका अनुसार श्रेष्ठ एक हजार ५८४ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत पाए।

यस्तै एमालेका लक्ष्मीरत्न तुलाधरले एक हजार २१८ मत पाए । स्थानीय तहमा उपनिर्वाचनमा रास्वपाको पहिलो जीत हो। यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।

यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत पाए। राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ र अर्का स्वतन्त्र सम शाक्यले १८५ मत ल्याए।