सानीभेरी गाउँपालिका-५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोतीराम खत्री विजयी।

रुकुम := रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोतीराम खत्री विजयी भएका छन्। उनी ५९० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जसिराम बस्नेतले ५३७ मत ल्याएका छन्।

यहाँ १ हजार १४६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यहाँ कांग्रेसलाई एमाले र एकीकृत समाजवादीले साथ दिएका थिए । यसअघि पनि कांग्रेस पार्टीले नै जितेको थियो ।