दार्चुला := दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर-५ मा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेस उम्मेदवार धनसिंह कुवर ३७६ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका मानसिंह बडालले ३५८ मत ल्याए।
नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालसिंह कुवरले २५ मत पाएका छन्। उपनिर्वाचनमा १५ मत बदर भएको थियो। कूल एक हजार दुई सय ७२ मतदातामध्ये आठ सय ७७ (६९.९४ प्रतिशत) मत खसेको थियो।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो।




















