पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक र सुरक्षा बलबीच झडप, ६ को मृत्यु हजारौं पक्राउ।

Supporters of jailed former prime minister Imran Khan's Pakistan Tehreek-e-Insaf (PTI) party march towards Islamabad after clearing shipping containers placed by authorities during a demonstration demanding Khan's release, in Hasan Abdal in Punjab province on November 25, 2024. - Pakistan's capital was under total lockdown on November 24, with mobile internet cut and thousands of police flooding the streets as supporters of jailed ex-prime minister marched on the city. (Photo by Aamir QURESHI / AFP)

एजेन्सी := पाकिस्तानको इस्लामाबादमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक र सुरक्षा बलबीच भएको हिंसात्मक झडपमा चार अर्धसैनिक बलसहित कम्तीमा छ जनाको मृत्यु भएको छ । खानका समर्थकहरूले पूर्वप्रधानमन्त्रीलाई जेलबाट रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरिरहेको बेला यस्तो दुर्घटना भएको हो ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सैनिकको मृत्युको लागि प्रदर्शनकारीहरूलाई दोष दिएका छन र उनीहरूले सुरक्षा बलहरूमा गाडीहरू हानेको आरोप लगाएका छन् । ‘यो शान्तिपूर्ण विरोध होइन, यो अतिवाद हो,’ शरीफले एक विज्ञप्तिमा भने, ‘दुष्ट राजनीतिक योजना हासिल गर्ने उद्देश्यले विरोध प्रदर्शन गरिएको छ।’

‘विरोध प्रदर्शनमा यस्तो हिंसाले सुरक्षाकर्मी तथा प्रहरीअधिकारीको संयमको सीमा नाघिरहेको छ,’ उनले भने। इमरान खानको पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) का प्रवक्ता जुल्फिकार बुखारीले झडपमा दुई प्रदर्शनकारीको पनि मृत्यु भएको र ३० जना घाइते भएको बताएका छन् ।

बुखारीले कथित रूपमा प्रदर्शनकारीहरू मध्ये एकलाई गोली हानेर मारिएको र अर्कोलाई गाडीले किचेर हत्या गरेको आरोप लगाएका छन् । तर, अहिलेसम्म यसको स्वतन्त्र पुष्टी भने भईसकेको छैन ।