एजेन्सी := भारतीय टिमका विकेटकिपर ब्याटर ऋशव पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिलेसम्मकै महँगो खेलाडी बनेका छन् । आइतबार साउदी अरेबियाको जेदाहमा भइरहेको अक्सनमा ऋशवलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा भित्र्याएको छ ।
पन्तले जारी अक्सनबाटै महँगा खेलाडी बनेका श्रेयस ऐयरलाई पछि पारेका हुन् । यसअघि, श्रेयसलाई पञ्जाव किंग्सले २६ करोड ७५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । आइपिएल २०२५ का लागि आइतबारबाट सुरु भएको मेघा अक्सनमा रिशवलाई लखनउ सुपर जायन्टले २७ करोड भारूमा टोलीमा आबद्ध गरेको हो।
उनलाई भित्र्याउन सुरुदेखि नै रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउबीच प्रतिस्पर्धा चलेको थियो। पछि बेंग्लोर पछि हट्दा लखनउ र सनराइजर्स हैदरावादबीच भिडन्त भयो। जसमा लखनउले २७ करोडको बोली लगाएर हैदरावाद लाई पछि पारेको थियो। आईपीएलको आगामी संस्करण २०२५ को मार्चदेखि मेसम्म हुने तालिका छ ।




















