क्वालालम्पुर (मलेसिया):= मलेसियामा स्थापित जातिय सामाजिक संस्था तमू समाज मलेसियाद्वारा नजिकिदै गरेको “सप्रि ल्हो ल्होसार वनभोज कार्यक्रम-२०८१” को अवसरमा आयोजना हुन लागेको “शुभकामना आदानप्रदान एवं वनभोज कार्यक्रम” कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
समाजले प्ये म्हस्याँ छ्याँ म्हमु ,, छ्याँ म्हस्याँ ल्हु म्हमु ,, ल्हु म्हस्याँ म्हि म्हमु,, अर्थात शास्त्र हराए संस्कार हराउछ संस्कार हराए संस्कृति हराउछ संस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने मुल नाराका साथ यहीँ आउँदै गरेको नयाँ बर्ष सन् २०२५ जनवरी ५ तारिखको दिन सेलाङ्गरस्थित रावाङमा अवस्थित तमन इको रिम्बा कान्चिङ पार्कमा आयोजना गर्न लागेको कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको समाज मलेसियाका अध्यक्ष समीर गुरुङले बताउनुभयो ।
स्मरण रहोस् मलेसियामा तमू समाज सन् २००३ सालदेखिनै स्थापित रहि आएको संस्था हो । यस् संस्थाले आफ्नो नेपाली गुरुङ समुदायको कला संस्कृति जगेर्ना गर्नेदेखि मलेसियामा नेपाली श्रमिकमाथी भैइपरि आएको खण्डमा , कुनै किसिमको समस्या परेको खण्डमा सक्दो आर्थिक भौतिक सहयोग समेत गर्दै आएका छ्न ।
वनभोज तथा ल्होसार शुभकामना आदानप्रदान हुने उक्त ठाउँमा सहभागी हुनेहरूलाई जान-आउनको लागि क्वालालम्पुर कोतारायलाई सेन्टर बनाई दुईवटा बससेवा संचाल गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।




















