विराटनगर:= सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ सम्पन्न भएको छ । विराटनगरमा भएको फाइनलमा ‘मिस्टर’तर्फ विराटनगरका ओसियन जंग थापा र ‘मिस’तर्फ धरानकी उपासना रमदामले उपाधि चुम्नुभएको हो । दुबैले उपाधिसहित जनही ३० हजार रुपैयाँ र विभिन्न पुरस्कार प्राप्त गर्नुभयो ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा ‘मिस्टर’तर्फ विराटनगरका असिम तिम्सिना ‘फष्ट रनर अप’, विराटनगरकै आरोहण पोखरेल ‘सेकेण्ड रनर अप’, इटहरीका अर्मान जिमी ‘थर्ड रनर अप’, धरानका संगीत धमला ‘फोर्थ रनर अप’, विराटनगरका श्रीयांश थापा ‘फिफ्थ रनर अप’, विराटनगरका उनय राई ‘सिक्स्थ रनर अप’ र विराटनगरका आरभ राजवंशी ‘अर्गनाइजर्स च्वाइस विनर’ हुनुभयो ।
यस्तै, ‘मिस’तर्फ विराटनगरकी स्मारिका दंगाल ‘फष्ट रनर अप’, विराटनगरकै रियांशा सापकोटा ‘सेकेण्ड रनर अप’, विराटनगरकी ग्रेसी कार्की ‘थर्ड रनर अप’, विराटनगरकी इशानी ढकाल ‘फोर्थ रनर अप’, विराटनगरकी जिज्ञासा निरौला ‘फिफ्थ रनर अप’, इटहरीकी निश्चिता लुंगेली ‘सिक्स्थ रनर अप’ र विराटनगरकी इशानी ढकाल ‘अर्गनाइजर्स च्वाई विनर’ घोषित हुनुभयो ।
विजेता तथा उपविजेतालाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई, नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, कोशी प्रदेशको खेलकुद मन्त्रालयका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम बस्नेत), नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको निर्णायकमा मेन हण्ट इन्टरनेसनलका संस्थापक अनुप सक्सेना, हाउस अफ फेशनका संस्थापक, मोडल तथा प्रशिक्षक ओसिमा बनु, कोशी प्रदेशका पूर्वमहान्यायधिवक्ता रूपेश कोइराला र हिसानका राष्ट्रिय उपाध्यक्ष भेषराज पोखरेल रहनुभएको थियो ।
आयोजक जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले बालवालिकाहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको जानकारी गराउनुभयो । उहाँले जय मिडिया मेनेजमेन्टले निकट भविष्यमा गर्न लागेको विभिन्न प्रोजेक्टमा विजेता तथा उपविजेतालाई सहभागी गराउने बताउनुभयो ।




















