एजेन्सी (वासिंटन):= अमेरिकी राष्ट्रपति जो बाइडेनले हृवाइट हाउसमा राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गर्नुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ। स्मरण रहोस्, राष्ट्रपति निर्वाचित ट्रम्पले चार वर्षअघि जो बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई हृवाइट हाउसमा स्वागत गर्ने र बधाई तथा शुभकामना दिने अमेरिकी परम्परालाई तोडनुभएको थियो ।
बाइडेनले आफ्ना कटु प्रतिद्वन्द्वीलाई नयाँ कार्यकालका लागि हृवाइट हाउसमा उपस्थित हुने र भेटवार्ता गर्ने निम्तो दिएर शिष्टताको प्रदर्शन गर्नुभएको छ । ट्रम्पको यो भ्रमण उहाँलाई अमेरिकी कंग्र्रेसको पूर्ण नियन्त्रण प्रदान गर्न हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनलाई बहुमत प्राप्त दल घोषणा गरिएको र उहाँले महान्यायाधिवक्ताको रूपमा फायरब्रान्ड म्याट गेट्जसहित आफ्नो शीर्ष टोलीको लागि केही प्रमुख नियुक्तिहरूको घोषणा गरिएको समयमा भएको हो ।
अमेरिकी राष्ट्रपति बाइडेन र आगामी फेब्रुवरी २० मा अमेरिकी नेतृत्वमा पुनरागमन गर्न लागेका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ओभल अफिसमा न्यानो आगोको अगाडि हात मिलाउँदै भेटवार्ता सुरु भएको थियो । ट्रम्पले सन् २०२० मा बाइडेनसँग आफ्नो हारलाई मान्यता दिन अस्वीकार गरेपछि तोडेको परम्परालाई पुनः स्थापित गर्दै बाइडेनले भन्नुभयो, ‘स्वागत छ ।’
गत जुलाईमा चुनावबाट बाहिरिएका तर गतसाता कमला हृयारिस ट्रम्पसँग पराजित भएको देखेका ८१ वर्षीय बाइडेनले ७८ वर्षीय ट्रम्प लोकतन्त्रका लागि खतरा भएको संज्ञा पटक-पटक दिनुभएको थियो । तर, भेटमा मीठो स्वरमा शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
दुई नेताले हात मिलाउँदा बाइडेनले तलतिर हेर्नुभएको थियो भने भने ट्रम्पले अगाडि झुकेर बाइडेनको आँखामा नियाल्नुभएको थियो । बाइडेनसँगको निर्वाचनमा ट्रम्पले हार अस्वीकार गरेपछि सन् २०२१ मा अमेरिकी संसद् भवनमा उहाँका समर्थकले आक्रमण गरेका थिए । रिपब्लिकन नेता ट्रम्पले यसवर्ष आक्रोशक र विभाजनकारी चुनावी अभियान चलाउनुभएको थियो ।
ट्रम्प सरकारको विदेश मन्त्रीमा मार्को रुबियो
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेश मन्त्री हुने घोषणा गर्नुभएको छ ।
फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई संयुक्त राज्य अमेरिकाको विदेश सचिवमा मनोनीत गरिएको घोषणा गर्न पाउनु आफ्ना लागि ठूलो सम्मानको कुरा भएको ट्रम्पले बताउनुभएको छ । ट्रम्पको घोषणासँगै रुबियोले विदेश सचिवको हैसियतमा विदेश नीति एजेण्डा पूरा गर्न हरेक दिन काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राष्ट्रपति प्रशासनका अन्य मन्त्रिपरिषद् सदस्यहरूका लागि जस्तै राज्य सचिवले पदभार ग्रहण गर्नुअघि सिनेटबाट अनुमोदन गर्नुपर्नेछ । रुबियोले २०१६ को चुनावमा असफल राष्ट्रपति अभियान चलाउनुभएको थियो । जसमा ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतिको कार्यकाल जित्नुभएको थियो । एजेन्सी ।




















