लिम्बु जातिकै परम्परा, कलासंस्कृतिमा आधारित ‘सुँगुरको मासुमा पल्केर दुई’ बोलको गीतको भिडियो सार्वजनिक।

काठमाडौं := पछिल्लो समय लिम्बु जातिको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिविधि बढिरहेको बेला लिम्बु जातिकै परम्परा, कलासंस्कृतिमा आधारित ‘सुँगुरको मासुमा पल्केर दुई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

पालामभित्र सृष्टिदेखि मानव सभ्यताको विकास र प्रेमसम्मका विभिन्न विषय बताउने लिम्बु समुदायको लोकगीत ‘सुँगुरको मासुमा पल्केर दुई’मा शब्द, संगीत र स्वर शाइल लिम्बु, सम्झना योङहाङको छ । गीतको भिडियो जी मिडिया युट्युब च्यानलमा बुधबार सार्वजनिक गरिएको हो ।

भिडियोमा यासेली योङहाङ, डोना थापा, विपना आङ्बुहाङ, आशिष लिम्बु, मिस मंगोल (२०२४) एन्जल राई, उम्दा कलाकार उदय बेघा प्रकाश आङ्बुहाङ, (हाङ बारे) बिमला इवाराम, मिना महरेसाङ, हर्कराज घिसिङ, ज्योति आङ्बुहाङ, बिवास राई, विशाल लिम्बुलगायत कलाकारको अभिनय छ ।

‘सुँगुरको मासुमा पल्केर एक’को सफलता पश्चात् निर्माण गरिएको प्रकाश आङ्बुहाङ (हाङ्बारे) निर्माता रहेका यस भिडियोमा सनम तामाङको छायांकन, दिनेश शाहको सम्पादन छ भने कोरियोग्राफर दिनेश मांगमुको कोरियोग्राफी र विजय मगरको निर्देशन छ ।

भिडियो हेर्न तलको लिङ्कमा थिच्नुहोस् :