एजेन्सी:= प्रतिष्ठित अवार्ड ग्रामीका लागि २०२५ को नोमिनेशन सार्वजनिक गरिएको छ । रेकर्डिङ एकेडेमीले सार्वजनिक गरेको नोमिनेशनमा पपस्टार बियोन्से ११ मनोनयनका साथ शीर्ष स्थानमा हुनुहुन्छ । अवार्डका लागि वियोन्सेका साथ बिली एलिश, सबरिना कार्पेन्टर, टेलर स्विफ्टजस्ता चिरपरिचित हस्ती नोमिनेशनमा पर्नुभएको छ ।
वियोन्सेलाई एल्बम अफ द इयर, सङ अफ द इयरका साथ बेस्ट कन्ट्री एल्बमलगायत विधामा मनोनयन गरिएको छ । यो अवार्ड शो आगामी २०२५ को २ फ्रेबुवरीमा लस एञ्जलसस्थित क्रिप्टो डान्ट कान्म एरिनामा हुनेछ । यसपालिको ग्रामी अवार्डमा भारतीय संगीतकार रिकी केज पनि मनोनयमा पर्नुभएको छ । रिकीले तीन पटकसम्म ग्रामी अवार्ड चुमिसक्नुभएको छ ।
ग्रामीका लागि रेकर्ड अफ द इयर विधामा बिटल्सको नाउ एण्ड देन, बेयान्सेको टेक्सास होल्ड एम, बिली इलिशको बर्ड्स अफ ए फेदर, चैपल रोनको गुड लक वेब, चार्ली एक्ससीएक्सको ३६०,केन्ड्रिक लैमरको नाँट लाइक एस, सबरिना कारपेन्टरको एस्प्रेसो र टेलर स्विफ्ट फिचरिङ पोस्ट मेलोनको फोर्टनाइट मनोनयमा हुनुहुन्छ ।
त्यसैगरी एल्बम अफ द इयर विधामा आन्द्रे ३००० को न्यू ब्लू सन, बेयान्सेको काउबाँय कार्टर, बिली इलिशको हिट मी हार्ड एण्ड सफ्ट, चैपल रोनको द राइज एन्ड फाल अफ द मिडवेस्ट प्रिन्सेस, चार्ली एक्ससीएक्सको ब्रैट, जैकब कोलियरको जेसी भेल्युम, सबरिना कारपेन्टरको सर्ट एण्ड स्विट र टेलर स्विफ्टको द टर्चरड पोएट्स डिपार्टमेन्ट मनोनयमा हुनुहुन्छ ।
यस्तै, सङ अफ द इयर विधामा बेयान्सेको टेक्सास होल्ड एम, बिली इलिशको बर्ड्स अफ ए फेदर, चैपल रोनको गुड लक, बेब, केड्रिक लैमरका नट लाइक अस, लेडी गागा र ब्रुनो मार्सको डाई विद ए स्माइल, सबरिना कारपेन्टरको प्लिज प्लिज प्लिज, शबुजीको ए बार सङ र टेलर स्विफ्टको फोर्टनाई मनोनयमा छन् ।
कन्ट्री र अमेरिकाना विधामा उहाँको यो पहिलो मनोनयन हो । यदि बियोन्सेले सर्वश्रेष्ठ एल्बम विधामा जित हासिल गर्नुभयो भने उहाँ २१औं शताब्दीमा यो विधा जित्ने पहिलो अश्वेत गायिका हुनुहुने छ । सन् १९९९मा लाउरिन हिलले ‘द मिसएजुकेसन अफ लाउरेन हिल’का लागि पछिल्लोपटक यो विधा आफ्नो पोल्टामा पार्नुभएको थियो ।