क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा काम गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका–१, निवासी नेपाली कामदार मिमबहादुर राना मगरको मृत्यु भएको छ।
बिगत १२ बर्ष पहिले मलेसिया काम गर्न आएर पछिल्लो कैयौं बर्षदेखि गैरकानुनी हैसियतमा रहि काम गर्दै आएका थिए मृतक मिमबहादुर राना मगर । काम गर्दागर्दै अच्चानक प्यारालाइसेसबाट ग्रसित भएपछि राना मगर विगत दुई महिनादेखि सिकिस्त अवस्थामा रहेका थिए ।
मृतक रानामगर सुरक्षा गार्डको रुपमा पेनाङमा कार्यरत रहदाँ हात र कम्मर भन्दा मुनीको पुरै भाग नचल्ने अवस्थामा म्याग्दी र बागलुङका यूवाहरुले उद्धार गरेका थिए। मानसिक सन्तुलनमा समेत असर गरेको अवस्थामा भेटिनुभएका राना मगरको साथबाट भेटिएको घरायसी कागजात भेटिएपनि पासर्पोट सहितका कागजातका बारेमा खोजी गर्दा समेत भेटिएको थिएन ।
मोना मलेसिया संस्थाको सक्रियतामा मगरको उद्दार गरेर स्वदेश फर्काउने प्रयास गर्दागर्दै पनि मृत्युु हुन पुगेको जानकारी प्राप्त भएको छ । गैरकानुनी रुपमा कार्यरत रहेको अवस्थामा प्रहरी सहित पुग्दा समस्या हुने र कम्पनीले समेत सिधै भेट्न नदिएपछि दुतावासलाई जानकारी गराइएपनि अहिले मृत्यु भएको खवर आएको मोना मलेसियाले जानकारी दिएका छ्न ।
‘अबैध बसेकालाई कम्पनी र प्रहरीको सहयोग आवश्यक पर्छ, अब शब नेपाल पठाउन पनि झन्झट भएपनि नेपाली राजदूतावासको सहयोग समन्वयमा शव नेपाल पठाउन प्रक्रिया अगाडि बढाइएको मोना मलेसियाका एक प्रतिनिधिले भन्नुभयो ।
साथै मृतकको शब नेपाल पठाउनका लागि मलेसियन प्रहरीले वडा अध्यक्ष बिलबहादुर फगामीलाई सम्पर्क गरेपनि पासर्पोट सहितको अन्य कागजातको अभावका कारण समस्या भइरहेको छ । हाल मलेसियन प्रहरीले स्थानीय जनप्रतिनिधिमार्फत आफन्तको सहमतिमा मृत शबलाई अस्पतालमा राखेको छ ।