नरेन्द्र मोदीले भने: “मेरो साथी डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनावी जीतका लागि हार्दिक बधाई”

नयाँदिल्ली:= अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जीत भैइसकेको छ। विभिन्न अन्तर्राष्ट्रिय देशहरुबाट बधाई दिने क्रम पनि हिजै देखि सुरु भैइसकेको छ । यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनलाई बधाई दिएका छन्। तर ट्रम्पले २७० इलेक्टरोल कलेज भोटसहित विजयी भएको औपचारिक घोषणा हुनुभन्दा पहिल्यै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।

मेरो साथी डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनावी जीतका लागि हार्दिक बधाई। तपाईंले अघिल्लो कार्यकाललाई सफलतातर्फ अघि बढाउनु भएको थियो’, उनले भनेका छन्, ‘म भारत-अमेरिका सम्बन्ध र रणनीतिक साझेदारीलाई अझै मजबुत बनाउन हामीबीच सहयोगको आशा गर्दछु । आउनुस् हामी सबै मिलेर आफ्ना जनताका लागि अझै राम्रो काम गरौँ। वैश्विक शान्ति, स्थिरता र समृद्धिलाई हामी मिलेर अघि बढाऊँ ।’