प्रा.धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूत नियुक्त।

काठमाडौं := प्रा.धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूत नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज राजदूतमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका उपसचिव एवम् सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार संविधानको धारा २८२ उपधारा १ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।

पण्डितलाई सरकारले राजदूतमा गरेको सिफारिस संसदको सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गरेका हुन् ।