काठमाडौं := साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलका लागि आज बुधबार बिहान टिकट विक्री खुला गरिने भएको छ।नेपाल र बंगलादेशबीच हुने फाइनल खेलमा अनलाइन टिकट पनि रद्ध गरिएको छ ।
बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने उनको भनाइ छ ।
प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ । यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्रीमा जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढि टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बिक्री गर्न लागेको हो । भद्रकाली आर्मी गेट र सातदोबाटोस्थित एन्फा कम्प्लेक्ससहित तीन ठाउँमा टिकट बिक्री हुनेछ ।