मलेसियामा बच्चा अपहरण प्रयास आरोपमा एक नेपाली कामदार पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा स्थानीय दुई बर्षिय बच्चाको अपहरण गर्न खोजेको आरोपमा एक नेपाली कामदार पक्राउ परेका छ्न ।

मलेसियाको गोम्बाक जिल्लामा पर्ने सुङ्गाईबुलो कुवाङ भन्ने ठाउँमा स्थानीय दुई बर्षिय बच्चाको अपहरण गर्ने प्रयासको क्रममा स्थानीयबासीहरुले मिलेर एक नेपालीलाई पक्राउ पछी कुटपिट गरि हात बाधेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छ्न ।

गएको मंगलबार दिउँसो १२ः४० बजे स्थानीय ४७ बर्षिय महिलाको घरमा प्रवेश गरि बच्चालाई एकजना व्यक्तिले अपहरण गर्न खोजेको भन्दै छिमेकीलाई सहयोगको लागि कराएको सुनेर छिमेकी गाउँले हरु दौड्दै समात्न आउन लागेको देखेपछि ति अपहरणकर्ता भाग्न खोजेका थिए तर स्थानीयले पछ्याउँदै गएपछि घटना भएको ठाउँबाट ५ सय मिटर टाढाको दुरिमा रहेको फोहोर फाल्ने ठाउँबाट समात्न सफल भएको स्थानीयले प्रहरी समक्ष बयान दिएका छ्न ।

आक्रोशमा रहेका स्थानीय हरुले कुटपिट गरिरहेको भिडियो सामाजिक संजालमा समेत भाइरल भैइरहेको भएको देख्न सकिन्छ । अपहरणकर्ता भनिएका ति आरोपित नेपालीलाई चार दिनको लागि प्रहरी हिरासतमै राखेर प्रहरीले मलेसियन पेनलकोट ३६६ अन्तर्गत अनुसन्धानका अगाडि बढाएको छ ।

यता मलेसियास्थित नेपाली राजदूतावासको अनुसार ति नेपालीको रोजगारदाता कम्पनीले दूतावासलाई बताएअनुसार पछिल्लो केहि महिनादेखि उनको मानसिक अवस्था ठिक नरहेको र छिट्टै स्वदेश फर्काउने तयारीमा रहेकै बेला यस्तो घटनामा पक्राउ पर्न गएको बताएका छ्न ।

अहिले घटनाबारे र आरोपित बारेमा प्रहरीले अनुसंधान गरिरहेकोले मुद्दा लम्बिने सम्भावना रहेको र अनुसन्धान सकिए पश्चात् सत्य तथ्य अगाडि आउने दूतावास ले बताएका छ्न ।

ADVERTISE