धरान:= धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएपछि आलोचना सुरु भएको छ ।बेलायत जान लाग्नुभएका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएपछि आलोचना भएको हो ।
धरानको उपप्रमुख अइन्द्रविक्रम बेघासँग सम्बन्ध बिग्रिएपछि साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिनुभएको छ । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने कार्यतालिका छ ।
साम्पाङले असोज २३ गते नै वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि पाँच बुँदामा उल्लेख गरेर यी काम गर्न नपाउने उल्लेख गर्दै मेयरको कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र दिनुभएको छ । साम्पाङ स्वतन्त्र निर्वाचित मेयर हुनु हो ।





















