[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा करिब ६ महिना अगाडि काठमाडौंस्थित रेडियन्ट ओभरसिस प्राइभेट लिमिटेड ( RADIANT OVERSEAS PVT. LTD. ) म्यानपावरमार्फत मलेसियाको SSRV SDN BHD कम्पनीमा काम गर्न आएर अलपत्र परेका १५ जना नेपाली श्रमिकहरु अन्ततः स्वदेश फर्किन सफल भएका छ्न ।

ति १५ जना नेपाली युवाहरू मलेसिया आएपछि सुरुमा लगभग २ महिना जति काम गराए पनि त्यसपछि कम्पनीले काम नदिने ,खान लाई पैसा पनि नदिने , तलब नदिने लगायत दु:ख दिन थालेर पीडित बन्न बाध्य भएका थिए । ति पीडितहरुले मलेसिया आउन सहयोग गर्ने आफ्नो अजेन्ट र म्यानपावर लाई कल गरि सहयोग गर्न अपिल गर्दा समेत कसैले कुनै सुनुवाइ गरेनन् , म्यानपावरले तिनीहरु को दु:खको चीत्कार सुनेनन् ।

त्यसरी सुनुवाइ नभएपछि यहीँ एकजना नेपाली अजेन्ट ले अर्कै कम्पनीमा केही दिन काममा लगाए तर ति एजेन्टले पनि पैसा दिएन न त बस्ने कोठानै दियो , कतै बाट कुनै सहयोग न पाएपछि उनिहरु बिचल्ली पीडित भएर स्वदेश नफर्किन्जेल सम्म नेपाली राजदूतावास क्वालालम्पुर नजिकै रहेको एउटा् होटेलमा आफै खाने ,बस्नेको पैसा तिरी बाध्य भएर बस्न थाले।

लगत्तै ति पीडित १५ जनामध्ये एकजना भागवत यादव नाम गरेकाले सेप्टेम्बर २५ तारिखको दिन हेल्प मधेसी मलेसियाका वरिष्ठ उपाध्यक्ष एवं र मलाया खबरका सहकर्मी सुरेन्द्र महतोलाई सम्पर्क गरि आवश्यक सहयोग , समन्वय गरिदिनुहुन अनुरोध गरे। त्यस लगत्तै सहकर्मी महतोले पिएनसिसि मलेसियाको कोर्डिनेटर पुर्ण बहादुर लिम्बूलाई जानकारी गराई सहयोगको लागि प्रक्रिया अगाडि बढाउन र दूतावाससंग समन्वय गर्न अनुरोध गरे।
त्यस् पश्चात् पीडित १५ जना नेपाली दूतावासमा आई दूताबासको श्रम काउन्सेलर भोला नाथ गुरागाई, दिलिप खड्का र समाजसेवी पुर्ण बहादुर लिम्बू बसि उहाँहरु को निमित्त म्यानपावर लाई दबाब दिई चाडो भन्दा चाडो नेपाल फर्काउन अपिल गरे लगतै म्यानपावर को एक जनाले उनी हरु लाई बस्ने ,खाने को ब्यबस्था गरि दुई हप्ता मा नेपाल पठाउने बाचा गरेको थियो।
यसरी करिबकरिब ६ महिना पश्चात् अन्ततः यहीँ अक्टोबर १३ तारिख ८ जना र १४ तारिख ७ जना गरि जम्मा १५ जना नेपाली पीडित हरु स्वदेश फर्किन सफल भए । उनीहरुको उद्दार कार्यमा नेपालबाट पनि एकजना समाजसेवी सरोज रायले अहम भुमिका निभाएको हाम्रा सहकर्मी महतोले बताए ।
ति सबैलाई उद्दार गर्नमा सहयोग गर्नुहुने नेपाली राजदूतावास मलेसिया परिवार लगायतलाई महतोले धन्यवाद ज्ञापन गरेका छ्न ।
मलेसियाबाट उद्दार भैइ स्वदेश फर्किएका हरुको नमावली निम्न छ्न :
(१) भागवत यादव , गणेशमान चारनाथ नगरपालिका -७ धनुषा
(२)राजकुमार महतो , मलङवा नगरपालिका -४ सर्लाही
(३) बलिराम यादव, रामगोपालपुर गाउँ पालिका-९ महोत्तरी
(४)अजय सहनी , बरहथबा नगरपालिका -१५ सर्लाही
(५)दिलिप कुमार पटेल , बृन्दाबन नगरपालिका -१ रौतहट
(६)कृष्ण कुमार शाह , नग्रराईन नगरपालिका – ४ धनुषा
(७) नितेश कुमार भण्डारी , नग्रराईन नगरपालिका – ३ धनुषा
(८)मिथलेश राय , कबिलासी – ५ सर्लाही
(९)बिगुल शाह , नग्रराईन नगरपालिका – ४ धनुषा
(१०)शिव कुमार महरा , नग्रराईन नगरपालिका – ५ धनुषा
(११)दिलिप कुमार यादब , रामगोपालपुर गाउँ पालिका-६ महोत्तरी
(१२)सिताराम यादव , कटरिया – ८ रौतहट
(१३)फहिम मियाँ , बिन्दाबासिनी गाउँ पालिका-१ पर्सा
(१४)राजिब ठाकुर , औरही गाउँपालिका – १ महोत्तरी
(१५)घनश्याम यादव , राजबिराज नगरपालिका – १५ सप्तरी




















