काठमाडौं := चलचित्र ‘छक्का पञ्जा-५’ को ‘ब्रेकअप सङ्ग’ करोड क्लबमा प्रवेश गरेको छ । असोज २ गते सार्वजनिक भएको गीतमा ब्रेकअप भएपछि प्रेमीले प्रेमिकाप्रति पोखेको रिस र आक्रोशलाई चित्रण गरिएको छ । अन्तिममा प्रेमिकाको प्रतिक्रिया थियो ।
जुन गीत सार्वजनिक भएदेखिनै टिकटकदेखि सामाजिक सञ्जालमा चर्चामा रहृयो । गीतका शब्दहरूलाई लिएर कतिपयले भने आलोचना समेत गरेका थिए । यस गीतमा बाबुल गिरीको शब्द, संगीत, एरेञ्ज र स्वर छ । गीतको भिडियोमा मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी फिचर्ड हुनुहुन्छ ।
गीत करोड क्लबमा पुगेसँगै अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमा खुशी व्यक्त गर्नुभएको थियो । दीपाश्री निरौला निर्देशित यस फिल्ममा दीपककै कथा, पटकथा र संवाद छ । चलचित्र यही असोज २४ गतेदेखि सिनेमाघरमा आउँदैछ । चलचित्रमा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ ।



















