नेपाली खेलाडी पारस खड्काले लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने।

काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले लिजेण्ड क्रिकेट लिग खेल्ने हुनुभएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहनुभएका पारसले लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने हुनुभएको हो ।

उहाँलाई आउँदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।पारस आबद्ध गुजरातमा क्रिस गेल, असगर अफगान, लिन्डल सिमोन्स जस्ता खेलाडी हुनुहुन्छ । लिजेन्ड्स लिग क्रिकेटको तेस्रो संस्करण २० सेप्टेम्बरबाट सुरु हुनेछ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । गत संस्करणमा गुजरातले प्ले अफसम्मको यात्रा तय गरेको थियो । लिजेण्ड लिग क्रिकेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि सुरु हुँदैछ । लिजेण्ड लिग क्रिकेटमा सन्न्यास लिएका क्रिकेटर खेल्ने गर्दछन् । लिजेण्ड लिगमा ६ टिमबीच कुल २५ खेल खेलिने बताइएको छ ।