काठमाडौं := चलचित्र ‘एक्टरः टेक वान’को दोस्रो अफिसियल थिम पोष्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले बिहीबार थिम पोस्टर सार्वजनिक गरेको हो। पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ ।
कात्तिक १५ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्रमा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । अभिनेता खड्काले पहिलोपटक चलचित्रको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लाग्नुभएको हो ।
राजन भुसालको निर्देशन रहेको चलचित्रका निर्माता थमन कुमारी भण्डारी हुनुहुन्छ । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको चलचित्रको लाइन प्रोड्युसरमा तोरन क्षेत्री रहनुभएको छ । चलचित्रको कथा आकाश बराल र राजन स्वयंले लेख्नुभएको हो । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको चलचित्रलाई नरेन्द्र मैनालीको छायांकन छ । ट्राइडेन कन्सेप्टको पोष्टर डिजाइन रोयल भीमसेनले गर्नुभएको हो ।
चलचित्रमा रोयल भीमसेन र सुजन श्रेष्ठको पब्लिसिटी तथा पोष्टर डिजाइन, शिशिर खाती र किरण थापा कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ । मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको चलचित्रमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की सहनिर्देशक रहनुभएको छ ।
चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नवीन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का, काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन छ ।




















