चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त।

काठमाडौं := चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष हुन्। उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन्।