काठमाडौं := बंगलादेश काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन भारतलाई ४-३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । अब बंगलादेशले उपाधिका लागि नेपालको सामना गर्ने छ ।
नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब पर्सि (बुधवार) हुने फाइनलमा बंगलादेशले नेपालसँग प्रतिस्पर्धा गर्नेछ। एन्फाका अनुसार फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ।




















