मलेसियास्थित नेपाली दूतावासको सहयोगमा मृतक मुखियाको शव नेपाल फिर्ता, अन्तिम दाहसंस्कार सम्पन्न।

वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासको सहयोग समन्वयमा मलेसियामा बिरामी भैइ अस्पतालमा भर्ना पश्चात् मृत्यु भएका अनिल मुखियाको शव अन्तिम दाहसंस्कारको लागि नेपाल पठाइएको छ ।

आईतवार राती ०८:०० बजे क्वालालम्पुर केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियन एयरलाइन्सको उडानमार्फत मृतक मुखियाको शव नेपाल पठाइएको हो।
शव आईतवार रातीनै नेपाल पुगे लगत्तै मृतकको परिवारले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट मृत शव बुझेर आज सोमबार बिहानै हिन्दू परम्परा अनुसार अन्तिम दाहसंस्कार सम्पन्न गरेको छ ।

अन्तिम दाहसंस्कार पश्चात् मृतक अनिल मुखियाको श्रीमति चन्दा मुखियाले आज बिहानै मेरो मृत श्रीमानको शवको अन्तिम दाहसंस्कार सम्पन्न भएको जानकारी दिँदै शव नेपाल पठाउन बिशेष सहयोग गरिदिनु भएकोमा मलेसियास्थित नेपाली राजदूतावासका प्रथम सचिव बलिराम प्रसाद धामी लगायत दूतावास स-परिवारलाई धन्यवाद ज्ञापन गरेकी छिन् । त्यस्तै परिवारको एक रुपैयाँ पनि खर्च नगराई नि:शुल्क सेवासहित शव नेपाल फर्काउन सहयोग समन्वयमा अहम भुमिका निभाउनु हुने समाजसेवी सञ्चारकर्मी घनश्याम चौधरी “आरएन” प्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकी छिन् ।

घर फर्किने तयारीमा रहेका नेपाल बारा जिल्ला कोल्हबी नगरपालिका वडा नम्बर १ मठवा गाउँ निवासी , हाल बसाइँसराइ गरि हेटौंडा ११ मा बसोबास गर्दै आएका अनिल मुखियाको मृत्यु यहीँ अगस्ट २१ तारिख गत बुधबारको दिन बिहानको समयमा भएको थियो ।

पछिल्लो समय मलेसियास्थित नेपाली दूतावासले  मलेसियामा कार्यरत नेपाली श्रमिकको उद्दार तथा सहयोगमा निकै सक्रियताका साथ श्रमिक हकहितका निम्ति काम गरिरहेका छ्न ।