गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलु टुलु’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं := गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलु टुलु’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

समीक्षा अधिकारी अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडियोमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ । आश्माको प्रेम पाउन सलोन र नाजिरले गरेको संघर्षलाई भिडियोमा देखाइएको छ । भिडियोमा तीनैजना कलाकारलाई रोमान्टिक भावमा देख्न सकिन्छ । साथै भिडियोमा समीक्षा पनि फिचर्ड हुनुहुन्छ ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुबास तिमल्सिनाको मेकअप, कुसुम बुटिकको पहिरन, मनिक पाख्रिनको कला निर्देशन, सुभम भुजेलको कोरियोग्राफी, सुरेन्द्र बसेलको सहायक निर्देशन र शम्भु श्रेष्ठको प्रोडक्सन छ ।