कोलम्बो:= नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अबदुल्लाह अल्मुताइरी श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । श्रीलंकन फुटबल संघले मंगलबार सामाजिक सञ्जालमार्फत् एसिया कप प्लेअफका लागि उहाँलाई नियुक्त गरेको जानकारी दिएको हो ।
अल्मुताइरीले नेपाललाई सन् २०२१ को साफ च्याम्पियनसिपमा पहिलोपल्ट फाइनलमा पुर्याउनुभएको थियो । उहाँलाई कतार आइस्पारीको सहयोगमा प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । श्रीलंकाले एसिया कपको प्लेअफ आगामी सेप्टेम्बर ५ र १० मा कम्बोडियाको सामना गर्दैछ ।
अल्मुताइरी यसअघि सन् २०२१ देखि २०२२ सम्म नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहनुभएको थियो । नेपाल रहँदा उहाँ सधैँ चर्चामा रहनुभयो । उहाँले राष्ट्रिय टोलीका १० खेलाडीलाई बाहिर राखेपछि ठूलो विवाद भएको थियो । नेपाली टिमपछि अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक पनि हुनुभएको थियो । तर, त्यहाँ लामो समय रहन सक्नुभएन । एजेन्सी ।




















