टिकटकमाथिको प्रतिबन्ध हटाउने ओली नेतृत्वको नेपाल सरकारको तयारी।

काठमाडौं := सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकले नेपालको नीति९नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको हो । चार दिनअगाडि टिकटकले नेपाल सरकारलाई इमेलमार्फत प्रतिवद्धता पत्र पठाएको थियो ।

नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो ।

लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय थियो ।

नेपालले टिकटक बन्द गरेपछि टिकटकले बारम्बार पत्राचार गर्दै प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको थियो ।अन्ततः टिकटक सम्पूर्ण शर्त मान्न तयार भएसँगै वर्तमान केपी शर्मा ओलीको सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको हो ।