एटलान्टालाई २–० ले पराजित गर्दै रियल मड्रिडले युइएफए सुपर कपको उपाधी जित्यो।

एजेन्सी := स्पानिस जायन्ट रियल मड्रिडले युइएफए सुपर कप जितेको छ। नेसनल रंगशालमा बुधबार राति भएको खेलमा रियलले एटलान्टालाई २–० ले पराजित गरेको हो। केलियन एमबाप्पेले यही खेलबाट रियलमा डेब्यु गर्नुभएको हो । ५९औं मिनेटमा फेडेरिको भल्भर्डोले रियललाई सुरुआती अग्रता दिलाउनुभयो ।

उहाँले भिनिसियस जुनिअरको पासमा गोल गर्नुभयो । जुड बेलिङ्घमले उपलब्ध गराइदिएको पासमा एमबाप्पेले ६८औं मिनेटमा अर्को गोल थप्नुभयो र उपाधि जिताउनु भयो । केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गर्नुभयो र उहाँले उपाधिबाट रियलमा यात्रा सुरु गर्नुभएको छ ।

एमबाप्पेले आफ्नो लागि यो उत्कृष्ट क्षण रहेको र लामो समयदेखि यो क्षणको प्रतिक्षामा रहेको बताउनु भयो । रियलको जर्सी लगाएर समर्थकअघि खेल्न पाउनु आफ्नो लागि गिप्ट भएको उहाँको प्रतिक्रिया थियो ।