पुरानो कामलाई लिएर अहिलेपनि ‘पोर्न स्टार’को ट्याग लगाउनु मलाई आश्चर्य लाग्यो: अभिनेत्री सन्नी लियोनी।

एजेन्सी := अभिनेत्री सन्नी लियोनीले पुरानो कामलाई लिएर ‘पोर्न स्टार’को ट्याग लगाउनु आफ्ना लागि आश्चर्यजनक भएको बताउनु भएको छ । उहाँले उक्त ट्यागबाट आफू टाढै रहन चाहेको बताउँदै भन्नुभयो, ‘ ‘यो कुराले मलाई सताउँछ, तर म आफूलाई अगाडि बढाउने प्रयास गरिरहेकी छु।’

गलाटा इन्डियासँगको कुराकानीमा उहाँले दशकभन्दा पूरानो कामलाई लिएर अझै ‘पोर्न स्टार’को ट्याग लगाइदिनु चिन्ताजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘अब एडल्ट इन्डस्ट्रीको हिस्सा म छैन । डेढ दशक नै भइसक्यो । तर मानिसहरूले अझै पनि मलाई जोडेर यसबारे चर्चा गर्नु अचम्मको कुरा हो ।’

सुरुवाती दिनमा उक्त ट्याग लाग्नु सामान्य भए पनि अहिलेको अवस्थामा त्यही कुरा उचित नहुने उहाँको तर्क छ । सन्नी लियोनीले ‘पोर्न’ भिडियो खेल्न छोडेको १५ वर्ष भइसक्यो । उहाँले सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘जिस्म २’बाट ठूलो पर्दामा डेब्यू गर्नुभएको थियो ।

सन्नीका अनुसार उहाँ नयाँ परिचयका लागि ‘पोर्न फिल्म’बाट टाढिएर बलिउडमा आउनुभएको हो । यस अवधिमा उहाँले आफूलाई सफल नायिकाका रुपमा स्थापित गरिसक्नु भएको छ । उहाँ आधा दर्जनभन्दा बढी हिन्दी फिल्म र केही टेलिभिजन शोमा निर्णायकको भूमिकामा देखिनु भएको छ ।