दाम्पत्य सम्बन्धमा समय दिनु भन्दा यौनको महत्वपूर्ण भूमिका।

दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण भूमिका रहन्छ । यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान  र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो । कुनै पनि जोडीको सम्बन्ध प्रगाढ बन्न उनीहरुको यौन जीवन पनि राम्रो र स्वस्थ हुनु जरुरी छ । तर, यौनसम्पर्कका क्रममा समयमा भन्दा यौन अनुभवमा ध्यान दिनु बढी महत्त्वपूर्ण हुन्छ । यसले नै यौनलाई आनन्दमय बनाउन सक्छ ।

यौनसम्पर्कमा पार्टनरसँगको अनुभवले उसको इच्छा चाहना र उत्तेजनाको विषयमा ज्ञान प्राप्त गरिन्छ र भावि दिनमा उसलाई सोही अनुरुपको क्रियाकलापको माध्यमबाट सन्तुष्टि प्रदान गर्न सहज हुन्छ । हतारिएर गरिएको यौन सम्पर्कले सन्तुष्टि नदिन सक्छ । एक अर्काबीच मिठामिठा रमाइला र माय प्रेमका बातचित गर्दै गरिएका यौन सम्पर्क यादगार समेत हुने गर्छन् । यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ । किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो ।

पुरुषले योनिमा लिङ्ग प्रवेश गराएदेखि वीर्यस्खलनसम्मको समयलाई Intravaginal Ejaculation Latency Time भनिन्छ । यो समय व्यक्ति–व्यक्तिअनुसार फरक–फरक हुन्छ र एक व्यक्तिको पनि फरक–फरक समयमा फरक–फरक हुन सक्छ । सामान्यत: उमेर बढ्दै जाँदा उक्त समय केही घट्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ । यौन विशेषज्ञ हरुका अनुसार महिलालाई क्लाइमेक्समा पुग्न करीब १२ मिनेटको समय लाग्छ । त्यस्तै, एक अर्को शोधले भने यौनको पूरा समय ३० मिनेटभन्दा कम भएमा महिला चरमोत्कर्षमा पुग्न नसक्ने देखाएको छ ।

यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत गर्छ । दुवैले एकसाथ चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यही नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै चरम सुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ।

कतिपय जोडी यौनसम्बन्धी कुरा गर्न हिच्किचाउँछन् । तर, यौनसम्बन्धी कुराकानी गर्नाले एकअर्काको धारणा बुझ्न सकिन्छ । दुवैले आफूलाई मन पर्ने यौन आसनको बारेमा पनि थाहा पाउन सकिन्छ र दुवैको रुचिलाई पहिल्याई महिलालाई चरम आनन्दको अनुभूति दिलाउन सकिन्छ ।

यौन क्रियाकलापको माध्यमबाट खुशी, सन्तुष्टि प्राप्त गर्नुछ भने यौन पूर्व गरिने क्रियाकलापमा ध्यान दिनु आवश्यक छ । यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्ने तरिकालाई फोरप्ले भनिन्छ । चुम्बन, मसाज गर्नु, पार्टनरलाई कसेर अंगालोमा बाँध्नु जस्ता सबै कुराले तपाईंलाई यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पुर्‍याउँछ । फोरप्लेको माध्यमबाट महिलाहरु आनन्दको महसुस गर्छन् ।