धेरै बोलेर,भाषण गरेर समय खेर फाल्दिन, काम गरेर देखाउछु: मेयर बालेन शाह।

काठमाडौं := काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताउनुभएको छ । बिहीवार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताउनुभएको हो । उहाँले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताउनु भयो ।

प्रमुख साहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताउनु भयो । उहाँले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताउनु भयो । उहाँले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताउनु भयो । उहाँले पशुपति क्षेत्रका सडकहरु चाँडो र तिब्रगति गतिमा बन्दै जाने विश्वास रहेको बताउनु भयो ।

उहाँले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको बताउनु भयो । उहाँले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरेकाे बताउनु भयो । उहाँले सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताउनु भयो । उहाँले सम्पदा शैलीका  सडक र घर भवनहरु भए पर्यटकहरुलाई आकर्षण अझै बढी हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चाँडो र तिव्रगतिमा यहाँका सडकहरु बन्दै जानेछन् । बन्दै पनि छन् । ढुङ्गा छापिएका बाटोहरु भर्खरै छटबाट हेर्दै पनि थियौं । विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएको हिसावले जसरी वडा भवनको मुहार देखिएको छ । आगामी दिनहरुमा हाम्रो वडा अध्यक्ष,जनप्रतिनिधि ज्युहरु र कर्मचारीहरुको सहकार्यले सम्पदामैत्री बोटा र घरहरुको मुहार यस्तै देखियोस् भन्ने चाहना छ । त्यसको लागि काठमाडौं महानगरले बजेट पनि राखेको छ । अगाडि देखि घरका फसादहरु सम्पदामैत्री मेगा शैलीमा भयो भने पर्यटकीय क्षेत्र अझै पनि राम्रो देखिनेछ । पर्यटकहरुलाई आकर्षण अझै बढी हुनेछ भन्ने आशा लिएको छु । म धेरै बोल्न चाहन्न । अब निस्कन पनि लागेको भएर छोटो बोल्न आग्रह गरेर बोले खासै बोल्ने भन्दा पनि कामै गर्नुपर्छ भन्ने हो । उहाँहरुलाई ग्राहो छ । लामो लिस्ट हुँदोरहेछ । जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिको नाम लिएर समय त्यसै जाँदो रहेछ । त्यो भन्दा पनि काममा समय दियौं । यति ठूलो कार्यक्रम गर्नुपर्ने थिएन तर २२ वर्षको मेहनतले गरेको भए ।’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको वडा ८ ऐतिहासिक, सांस्कृति र पुरातात्विक रुपमा महत्व बोकेको वडा भएको बताउनु भयो । उहाँले वडाले बस्ती र बस्तीहरुलाई सांस्कृति र पुरातात्विक रुपमा पर्यटकीय रुपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले पर्यटकीय सम्भावना भएका ठाउँमा हाउस पुलिङ गर्ने योजनालाई पनि अघि सारेको बताउनु भयो ।