काठमाडौं := यही साउन ३२ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘बुलाकी’ को गीत ‘सधैं पछि परन्या हुन् स्त्री’ सार्वजनिक गरिएको छ । गीतले नारी वेदना बोल्छ । छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको ‘बुलाकी’को उक्त गीतमा समीक्षा अधिकारीको स्वर, बाबुल गिरीको शब्द/संगीत/एरेञ्जको र मिक्सिङ छ ।
चलचित्रमा समावेश दृश्यहरूलाई जोडेर तयार गरिएको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय विराज विष्ट र नरेन खड्कासहित कलाकारहरू सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ ।
पश्चिम नेपालको गहिराईमा पुगेर सम्पूर्ण नेपालीको जीवन दैनिकीलाई चित्रण गरिएको विशुद्ध मौलिक कथा भनिएको यो चलचित्रले देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातिप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ । नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त यो चलचित्रलाई लक्ष्मण सुनार निर्देशन गर्नुभएको हो ।
स्व.मोती विष्टको प्रस्तुतिमा बनेको ‘बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गर्नुभएको हो । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन रहेको चलचित्रको प्रोडक्सन हेड धनबहादुर राई हुनुहुन्छ । चलचित्रमा कुलद्वीप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाईलगायतको पनि अभिनय छ ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :