क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले मलेसियामा केहि दिन पहिले सम्पन्न भएको सातौँ गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप २०२४ मा पदक जित्न सफल नेपाली खेलाडीलाई दूतावासकै प्राङ्गणमा बधाई ज्ञापनसंगै सम्मान गरेको छ ।
मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत मोदिता बज्राचार्यले खेलाडीलाई खादा,दोसल्ला ओढाइ सम्मान गर्नुभएको हो । आईतवार मलेसियाको सेलांगोर राज्यस्थित केलाङ शहरमा भएको खेलमा नेपाली खेलाडीहरु नारायण नहर्की, अब्बास अन्सरी, मनिष पौडेल, सुजल कंडेल, दर्शन बराल, रिशभ शर्मा र प्रयाद ढकालले स्वर्ण पदक जितेका थिए, भने हेम प्रसाद भट्ट (सन्तोष), सुजन रोका र जुनेत खानले रजत पदक जितेका थिए । ।
१२ जना खेलाडीसहित टिम म्यानेजर घिमिरे, रेफ्री उमर खान, प्रशिक्षकद्वय रोशन खान र कमल भट्टराई मलेसिया पुग्नुभएको थियो । प्रतियोगितामा मलेसिया, नेपाल, जापान, इण्डोनेसिया, ब्राजिल, चीन, ताइवान, भारत गरी जम्मा आठ देशका खेलाडी सहभागी थिए ।
नेपाली राजदूतावास मलेसियाले पीडित श्रमिकलाई उद्धारको साथै यसरीनै बेला – बेला मलेसिया आईपुग्ने खेलाडी लगायत राष्ट्रको लागि योगदान पुर्याउने ब्यक्तिहरु लाई सम्मान गर्दै आएका छ्न ।




















