सामसुङ नेपालद्वारा ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को बुकिङ खुला।

सामसुङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को बुकिङ खुला गरेको छ । कम्पनीले बुधबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमार्फत् जेड फोल्ड ६ र जेड फ्लिप ६ ग्यालेक्सीको बुकिङ खुला गरिएको घोषणा गरेको हो ।

सामसुङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वल्र्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सिरिज अनावरण गरेका थिए। कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ ग्यालेक्सी जेड सिरिजका हालसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइस हुन् ।

ग्यालेक्सी जेड फोल्ड ६ ले नयाँ कभर स्क्रिन अनुपातका साथ अझै प्राकृतिक बार-टाइप भिविङ एक्सपिरियन्स प्रदान गर्छ । नयाँ ग्यालेक्सी जेड सिरिज पहिलेभन्दा धेरै टिकाउ पनि छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि छ, जसले यसलाई हालसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको छ ।

पहिलो पाँच सय बुकिङ गर्ने ग्राहकले एनसेल सधैँ अन सिम प्राप्त गर्न गर्न सक्नेछन् भने एनएलजी इन्स्योरेन्स मार्फत् एक वर्षका लागि एक पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध छ । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेका लागि सामसुङले सबको फोन र अर्को स्टोरमार्फत् १५ हजारसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराएको छ ।

ग्यालेक्सी जेड फ्लिप ६ (१२+२५६ जिबी) को मूल्य एक लाख ५४ हजार नौ सय ९९ रुपैयाँ, ग्यालेक्सी जेड फोल्ड ६ (१२+२५६ जिबी)को मूल्य दुई लाख ३४ हजार नौ सय ९९ रुपैयाँ, ग्यालेक्सी जेड फोल्ड ६ (१२+५१२ जिबी)को मूल्य दुई लाख ४९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।