काँग्रेस र एमाले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगो लाग्यो, गृहसहित आकर्षक मन्त्रालय काँग्रेसलाई।

CPN-UML Chairman KP Sharma Oli (left) welcomes Nepali Congress President Sher Bahadur Deuba (right) and senior leader Ram Chandra Paudel to a tea party hosted by the UML on the occasion of Dashain, Tihar, Nepal Samvat New Year and Chhath festivals, in Kathmandu, on Saturday, October 15, 2016. Photo: RSS

काठमाडौं := नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र नेपाली काँग्रेस पार्टी बीचको गठबन्धन सरकारमा काँग्रेस र एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन् ।

स्रोतका अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र  बन मन्त्रालय पाउने भएको छ ।

त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।

कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे अझै निर्णय भएको छ । अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मन्त्री छान्न अन्तिम परामर्शमा रहेको र मन्त्री बन्नेको सूची सोमबार बिहान मात्र अन्तिम टुंगो लाग्ने बताइएको छ ।

तर पनि यता सोमबार पार्टी छलफलमा सहभागी एमालेका एक नेताले दिइएको जानकारी अनुसार यसपटक एमालेले हेभीवेट नेताहरूलाई मन्त्री बनाउँदैछ। ति नेताका अनुसार पार्टी उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्धय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने लगभग निश्चित भएको छ ।

त्यसैगरी नेताहरू कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो र दामोदर भण्डारीलाई पनि मन्त्री बनाएर आफू नेतृत्वको सरकारमा सहभागी गराउने अध्यक्ष ओलीले सङ्केत गरेका छन् ।