युरो कप फुटबल- २०२४ को उपाधि स्पेनले जित्यो, इंग्ल्यान्ड उपविजेता।

Soccer Football - Euro 2024 - Final - Spain v England - Berlin Olympiastadion, Berlin, Germany - July 14, 2024 Spain's Alvaro Morata lifts the trophy as he celebrates with teammates after winning Euro 2024 REUTERS/Angelika Warmuth TPX IMAGES OF THE DAY

एजेन्सी := युरो कप फुटबल प्रतियोगिता-२०२४ को उपाधि स्पेनले जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबाल ले एक एक गोल गरेका थिए।  विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए।

त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए।​ योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ।  स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो । इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ। अघिल्लो संस्करणमा  इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो।

  • स्पेनको अपराजित यात्रा

जारी युरोकपमा स्पेनले आफूले खेलका सबै सात खेलमा जित हात गर्‍यो । स्पेन आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । समूह ‘बी’ मा परेको स्पेनले तीनवटै खेलमा जित हात पारेको थियो । स्पेनले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा स्पेनले साबिक विजेता इटालीमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको थियो । तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले पराजित गरेको थियो । समूहगत चरणमा स्पेनले पाँच गोल गर्‍यो भने एक गोल पनि खाएन ।

16dc80fe-b999-4916-a38c-82d4e7482f21

यसैगरी, स्पेनले प्रि–क्वार्टरफाइनल खेलमा जर्जियालाई ४–१ गोलले हराएको थियो । क्वार्टरफाइनल खेलमा भने स्पेनले प्रभावशाली प्रतिद्वन्द्वी जर्मनीलाई उसैको घरेलु मैदानमा अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोलले हराएको थियो ।