भारतले जिम्बाबेविरुद्धको टी- २० खेलमा लगातर तेस्रो जित हासिल गर्यो।

एजेन्सी := भारतले जिम्बाबेविरुद्धको टी- २० लगातर तेस्रो जित हासिल गरेको छ । सिरिजको चौथो खेलमा भारतले १० विकेटले जित हासिल गरेको हो । जिम्बाबेले दिएको १५३ रनको लक्ष्य पछाएको भारतले कुनै विकेट नगुमाएई १५.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि यशस्वी जैसवालले अविजित ९३ रन बनाएका थिए भने शुभमन गिलले अविजित ५८ रन बनाएका थिए । यस अघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो ।

यो जितपछि भारतले ५ खेलको सिरिज ३-१ ले जितेको छ । सिरिजको पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछि लगातार तिन खेल भारतले जितेको छ ।अब सिरिजको अन्तिम खेल आइतबार हुने छ ।