नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो।

काठमाडौं:= नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै नाउपाको बुधबारनै बसेको बैठकले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ ।

नाउपाकी रञ्जीता श्रेष्ठलाई दलको नेताबाट हटाएर गङ्गाराम चौधरीलाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक बसेको बैठकले सो निर्णय गरेको हो।प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन्।

यसअघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको छ।आजको बैठकमा गंगा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए। संघीय संसद्मा नाउपाका चार सांसद छन्।

यस अघि नेकपा एमाले पार्टी र अशोककुमार राई नेतृत्वको जसपाले पनि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ती पार्टीबाट प्रचण्ड सरकारमा सामेल मन्त्रीलाई फिर्ता बोलाएका थिए ।