काठमाडौं := नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्ना सबै सांसद हरुलाई अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
एमाले संसदीय दल प्रमुख सचेतक महेशकुमार बर्तौलाले यही असार २८ गते बस्ने प्रतिनिधिसभाको वैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री दाहालले विश्वासका मत लागि राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको जानकारी गराउनुभयो ।प्रधानमन्त्री दाहालले यही असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।




















