आफ्नो जन्म दिनको अवसरमा समाजसेवी कृष्ण आङ्देम्बेले गरे बृद्ध आश्रममा खाना र खाद्यान्न सहयोग।

दमक:=  मलेसियामा नेपाली ब्यावसायी र नेपाली श्रमिकमाझ चिरपरिचित नाम हुन कृष्ण आङदेम्वे (लिम्बु) । स्थाई घर पाँचथरको साविक आङसाराङ ५ मुसेटार । हाल फाल्गुनन्द गाउँपालिका वडा नं ७ मा हुन , तर अहिले उहाँ चाहि मलेसियाको क्वालालम्पुर स्थित कोतारायामा बसोबास गरिरहनु भएको छ ।

सन् १९९५ सालमा मलेसिया पुग्नु भएका आङदेम्बेले त्यहाँ सुरुमा मजदुरी गर्नु भयो । पछि नेपालीहरु मलेसिया जान थालेपछि भने आफ्नै कम्पनी स्थापना गरेर व्यवसायन गर्न थाल्नु भएको हो ।

विदेशमा बसेर व्यवसाय गरेपनि आफ्नो खुसी र उमङ्गको पलमा चाहि उहाँलाई आफ्नै ठाउँको याद आउँछ । विगत कैयौं बर्षदेखि बिभिन्न सामाजीक काम गर्दै आउनु भएका आङ्गदेम्वेले शनिबार आफ्नो ५३ औ जन्मदिनको अवसरमा आशाअको दियो नेपाल नामक बृद्धा आश्रममा आश्रय लिएर बस्नुभएका वृद्ध आमा,बुवा लगायतलाई ‘मिठो भोजन’ गराउनु भयो ।

ब्यावसायी समाजसेवी आङ्देम्बेले गर्नुभएको सहयोगमार्फत दमक ४ मा रहेको रत्न बृद्धा आश्रममा रहेकाहरुलाई एकछाक भएपनि मिठो भोजन कार्यक्रम सम्पन्न भएको छ ।

सस्थाका सदस्य रेवत भण्डारी भन्नु हुन्छ ‘हामीले फजुल खर्च कटाएर यस्ता सामाजीक र पुण्ड्य कर्म गर्नुपर्छ भन्ने अभियाननै चलाइरहेको छौ । सोहि अभियान अन्तर्गत मलेसियामा रहनु भएका कृष्ण आङदेम्बे पनि जोडीनु भयो र उहाँको जन्मदिनको अवसरमा बृद्धाआश्रममा खाना खुवाउने काम सम्पन्न भयो उहाँले भन्नुभयो ।’

एक छाक मिठो खाना खुवाउने भन्ने कार्यक्रम भएनि आङदेम्बेले पठाउनु भएको सहयोगबाट रकम बचेको र त्यो बचेको रकमले अन्य केहि दिनलाई समेत पुग्ने गरीका रासनका सामाग्री पनि वितरण गरीएको आयोजक सस्था आशाको दियो नेपालकी सदस्य सरीता न्यौपानेले जानकारी दिनु भयो । एकबोरा चामल , दाल, आलु, नुन, तेल तथा अन्य खाद्य सामाग्री समेत प्रदान गरिएको उहाँले बताउनु भएको छ ।

समाचार र भिडियो स्रोत : उज्यालो खबर ड्टकम