काठमाडौं := सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस ब्युटिफुलका नयाँ संस्करण सम्पन्न भएका छन् । दक्ष इन्टरनेसनल र राज ब्युटि एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’ सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत नवौं संस्करणको ‘मिस ब्युटिफुल नेपाल’ को उपाधि सञ्जिला तामाङ र आठौं संस्करणको ‘मिसेस ब्युटिफुल नेपाल’को उपाधि विजया अधिकारीले चुम्नुभएको छ ।
प्रतियोगितामा ‘मिस ब्युटीफुल नेपाल’तर्फ विपना मल्ल ‘फष्ट रनरअप’, ईश्वरी हमाल ठकुरी ‘सेकेण्ड रनरअप’ एवं ‘पब्लिक च्वाइस’, जेलिना भट्टराई ‘मोष्ट पपुलर’ र सञ्जिला तामाङ ‘मोष्ट ट्यालेन्ट’ हुनुभयो । त्यस्तै ‘मिसेस ब्युटिफुल नेपाल’तर्फ रमिता बज्राचार्य ‘फष्ट रनरअप’, रितु रौनियार ‘सेकेण्ड रनरअप’, र विजया अधिकारी ‘पब्लिक च्वाइस’ एवं ‘मोष्ट पपुलर’ हुनुभयो । अन्तिममा दुवै समूहका आठ÷आठ गरी १६ प्रतिस्पर्धी थिए ।
प्रतियोगिताको निर्णायकमा सरोज खनाल, यम बराल, सुनिता दुलाल, मञ्जु थापा, बालकृष्ण पोख्रेल, मनकुमारी पोखे्रल र निलम गुरुङ रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता दक्ष इन्टरनेशनलका प्रमुख एवं कार्यक्रम संयोजक मेकअप आर्टिष्ट टेकराज पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलगायतको आतिथ्यता रहेको थियो ।
रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको कोरियोग्राफर रविता मगर रहनुभएको थियो । प्रतियोगिताको इभेन्ट मेनेजर गीता उप्रेती हुनुहुन्थ्यो । कार्यक्रमको प्रायोजकमा पूर्णयु आयुर्वेद अस्पताल, कावेरी इन होटल, पाकशाला रेस्ट्रो बार र होटल रहेका थिए ।
सो अवसरमा सञ्चारकर्मी नवराज बजगाईं, डेबिल सिङ राजपुत, मेकअप आर्टिष्ट गीता उप्रेती, उर्मिला भण्डारी, राधिका दंगाल, चादनी घिमिरे, चित्रकला पौडेल, अप्सरा हायु, व्यवसायी सीमा नेपाल, समाजसेवी अस्मिता भट्ट, महिमा पोखरेल, निकिता पाण्डे, बलराम कार्की, सरिता तामाङ, उद्यमी पशुराम चौहान डा.लक्ष्मण पौडेल, फ्लाइटेकका प्रबन्ध निर्देशक शारुक हुसेनलगायतलाई विशेष सम्मान गरिएको थियो ।